नियम १०८
जांचबुझ गर्ने अधिकृतले अपनाउने कार्यविधि
(१) जांचबुझ गर्ने अधिकृतलाई देहायको कार्यविधि अपनाई विभागीय जांचबुझको
कारबाही चलाउने अधिकार हुनेछ :-–
(क) बयान गराउने, लिखित प्रमाणहरु दाखिल गराउने र साक्षीको नाममा समाव्हान जारी गर्ने आदि विषयमा अदालतलाई
भए सरहको अधिकार प्रयोग गर्न सक्ने ।
(ख) अभियोग लागेको निजामती कर्मचारीको रोहवरमा सबुत प्रमाण बुझ्ने ।
(ग) अभियोग लागेको निजामती कर्मचारीलाई साक्षीसंग जिरह गर्न र अभियोग विरुद्ध सबुत प्रमाण दाखिल गर्ने मौका दिने ।
(२) उपनियम (१) बमोजिमको जांचबुझको काम सकिएपछि आदेश दिन पाउने अधिकारी समक्ष जांचबुझ अधिकृतले प्रतिवेदन
पेश गर्नु पर्नेछ । निजले त्यस्तो प्रतिवेदनमा सजाय सम्बन्धी कारण सहितको आफ्नो ठहरको साथै जो भएको सबुत प्रमाण पनि दाखिल
गर्नु पर्नेछ ।